एउटा कुकुरको पालनपोषणका लागि पाँच मिलियन अमेरिकी डलरको कोष



एजेन्सी ।
अमेरिकाको टेनेसी शहरका निवासी एक ब्यक्तिले आफ्नो एक कुकुरका लागि पाँच मिलियन डलरको वसियतनामा लेखेर छाडेका छन ।

एक सफल ब्यापारी ८३ बर्षीय बिल डोरिसले आफ्नो मृत्युपूर्व यस्तो वसियतनामा बनाएका हुन । उनको गत बर्ष मृत्यु भएको थियो ।

आफ्नो शेषपछि पनि ८ बर्षीया कुकुर ‘लूलू’ को पालनपोषणका लागि पाँच मिलियन अमेरिकी डलरको ब्यवस्था गरेका हुन ।

डोरिसको वसियतनामामा उल्लेख भए अनुसार यो पैसा कुकुर लूलूको पालनपोषणमा खर्च गरिने छ ।

लूलूको हेरचाह र पालन पोषण (केयर टेकर) को जिम्मा ८८ बर्षीया मार्था ब्रुटोनले पाएकी छिन । उनी ब्यापारी डोरिसका छिमेकी हुन ।

मार्थाले बताए अनुसार ब्यापारी बिल डोरिसले लूलू कुकुरलाई निकै माया गर्थे । डोरिसले कहिल्यै विवाह गरेनन् ।

यो कुकुरको पालनपोषणमा पाँच मिलियन अमेरिकी डलर खर्च गरिसक्ने हो वा होइन भन्ने बारेमा मार्था निश्चित छैनन् । तर कुकुरका लागि उनले जति पैसा खर्च गरेपनि त्यसको भुक्तानी हरेक महिना पाउँछिन ।

यो रकम स्वर्गीय डोरिसको वसियतनामामा उल्लेख भए बमोजिम स्थापना गरिएको ट्रष्टमा राखिएको छ । मार्थालाई रकमको भुक्तानी ट्रष्टले नै गर्दै आएको छ ।

वसियतनामा अनुसार कुकुर लूलूका लागि आवश्यक पर्ने सामान खरिद गर्नुपूर्व ट्रष्टका अधिकारीहरुसंग छलफल गरिन्छ । त्यसपछि सामान खरिद गरिन्छ ।

तर लूलूको मृत्युपछि बाँकी रकम के हुने भन्ने बारेमा केही नखुलाइएको सिएनएनले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial