अपराधको पराकाश्ठा, १३ वर्षीया बालिका आफ्नै घरमा बलात्कृत



जनकपुर।
जनकपुरधाममा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जना र बलात्कारमा संलग्‍न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको लक्ष्मिनिया गाउँपालिकाकी १३ वर्षीया बालिकालाई गत असारदेखि पटक-पटक जबरजस्तीकरणी गरेको आरोपमा स्थानीय शम्भु भनिने ओमनारायण यादव र घटनामा सघाएको आरोपमा महिला मुस्कान खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न अर्का एक जना अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक एसपी प्रकाश रानाभाटले लोकपथलाई जानकारी दिए ।

बलात्कार घटनामा सघाएकी मुस्कान खातुन पीडितकै घरमा डेरागरी बस्दै आएकी थिइन् । खातुनले यौन व्यवसाय संचालन गर्दै आएको प्रहरीले बताएको छ । उनले ग्राहाकबाट रु ५०० रुपैयाँ लिने र २०० रुपैया प्रति व्यक्ति आफु राख्ने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

खातुनले १३ वर्षीया बालिकालाई आफ्नो कोठामा सुताउँदै आएकी थिइन् । र अभियुक्त भनिएका ओमनारायणलाई घरमा बोलाई १३ वर्षीया बालिकामाथि बलात्कार गर्न सघाएको प्रहरीको भनाइ छ । 

बालिका गर्भवती भएपछि मात्र सार्वजनिक भयो घटना :
गत असारदेखि कात्तिकसम्म यादवसँग पैसा लिएर जबरजस्ती करणी गर्न लगाएकी थिइन् र सोही क्रममा बालिका गर्भवती भइन् ।

बालिका गर्भवती भएपछि उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि दुबै जनालाई बिहीवार लक्ष्मीनियाँ गाउँपालिका वडा नं। ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

७ महिनाको गर्भ रहेको बालिकाको गर्भ पतन गराउने अथवा नगराउने सम्बन्धमा परिवारजनले अहिले निर्णय नलिएको समेत उनले बताए । अनुसन्धानको क्रममा आरोपितहरूले कसुर स्वीकार गरिसकेको र म्याद थप गराई थप अनुसन्धान भइरहेको उनले बताए । - लोकपथ बाट 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial