नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो,आज एकै दिन ३ जनाको मृत्यु



नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमितको संखया २ लाख ७६ हजार ५६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरि आज थप ९९ जना संक्रमण मुक्त भएका छन् । यो संगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ७२ हजार २० जना पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १०१७ रहेको छ ।
 
राष्ट्रिय टाइम्स समाचार

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial