अध्यक्ष ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी



काठमाडौं ।
एमाले वरिष्ठ नेता माधव नेपाल र भीम रावललाई पार्टी अध्यक्ष केपी ओलीले कारवाही गरेको विषयमा एमाले नेत्री रामकुमारी झाँक्रीले आपत्ती जनाएकी छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपाल र पार्टीका उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि नेपाल पक्षका नेता आक्रोशित भएका हुन् ।

यसै क्रममा नेत्री रामकुमारी झाँक्रीले अरूलाई अपमान र कारबाही गर्नु कमजोरहरूको अन्तिम अस्त्र भन्दै कारवाही गर्ने पक्षलाई चेतावनी दिएकी छन्।

सांसद समेत रहेकी नेत्री झाँक्रीले नेताद्वय नेपाल र रावललाई निलम्बन गरिएको दिन सोमवार राति सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो-जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारवाही गर्ने।

हेक्का होस्– पृथ्वी गोलो छ। रूप अध्यक्ष ओलीले ६ महिनाका लागि एमालेको साधारण सदस्यताबाट निलम्बन गरिएको घोषणा गरेका हुन्। अझै ‘नसच्चिए’ थप कारवाही गरिने चेतावनी उनले दिएका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial