एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं
। आज (शुक्रवार) नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक बस्दै छ ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको बालुवाटार स्रोतले लोकपथलाई जानकारी दिएको छ । उनका अनुसार अध्यक्ष ओलीले आह्वान गरेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

यसअघि गत फागुन ५ गते ओलीको अध्यक्षतामा एमाले संसदीय दलको बैठक बसेको थियो ।

उक्त बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित भएको थिएन । उक्त बैठकले एमाले संसदीय बोर्ड गठन गरेको थियो । बैठकमा उपस्थित नभएपनि वरिष्ठ नेता नेपाल र झलनाथ खनालको नाम समेत उक्त समितिमा राखिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial