माधव-झलनाथलाई कारबाही गर्ने ओलीको चेतावनी



काठमाडौं
- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नाममा गुटको भेला गर्ने माधव झलनाथ समूहलाई स्पष्टीकरण सोध्ने तयारी गरेका छन् । पार्टी निर्देशन उलंघन गर्दै बुधबार र बिहीबार ललितपुरमा गुट भेला गरेको भन्दै कारबाहीको तयारी गरेको उनीनिकट ओली निकट एक नेताले बताए ।

यस अगाडि नै मंगलबार नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत निर्देशन दिएका थिए। ‘नेपाल कम्युनिस्ट पार्टी एमालेको नाममा यही २०७७ चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’,पोखरेलले विज्ञप्तिमा भनेका थिए, ‘नेकपा एमालेका तर्फबाट त्यस्तै कुनै पनि भेला आयोजना गरिएको छैन। भेलामा उपस्थित भए पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख छ।

ओलीले मंगलबार बालुवाटारमा भएको चियापानमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नगएकोप्रति आपत्ति जनाएका थिए । चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा अराजकता, अनुशासनहीनता र उच्छृंखलतालाई छुट नभएको बताएका थिए। विधि विधानविपरीत हिँड्न खोज्नेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री ओलीले दिएका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial