जर्मन बुन्डेसलिगा : आरबी लाइपजिगको संघर्षपूर्ण जित



एजेन्सी । 
जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार आरबी लाइपजिगले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लाइपजिगले अर्मिनियालाई १-० गोलले पराजित गरेको हो ।

लाइपजिगलाई जित दिलाउन मार्सल सबिट्जरले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै लाइपजिगले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी घटाउन सफल भएको छ ।दोस्रो स्थानको लाइपजिगले २६ खेलमा ५७ अंक जोडेको छ । बायर्नको ५८ अंक रहेको छ । पराजित अर्मिनिया २२ अंकसहित १५औँ स्थानमा छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial