मेरिल्याण्ड कलेजमा वक्तृत्वकला, प्रथम स्थानमा सरु र प्रवेश



विराटनगर
। विराटनगरमा मेरिल्याण्ड कलेजले आईतबार आयोजना गरेको 'सामाजिक सञ्जालको प्रयोग विद्यार्थीका लागि कति उचित कति अनुचित ?" शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सरु पराजुली र प्रवेश कार्की प्रथम भएका छन् ।

आईतबार भएको प्रतियोगितामा पराजुली नेपालीतर्फ र कार्की अंग्रेजीतर्फ प्रथम भएका हुन् । त्यस्तै नेपालीतर्फ अञ्जली रौनियार द्वितीय, कृष्णकुमार साह तृतीय र असिम आचार्य तृतीय भएका थिए । उक्त प्रतियोगितामा कलेजका करिब २ दर्जन विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

पत्रकार मीनकुमार नवोदित र महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक राजन दत्त रहेको निर्णायक समितिले प्रतियोगिताको विजेताको घोषणा गरेको थियो । अंग्रेजीतर्फको प्रतियोगितामा आदर्श घतानी द्वितीय, स्वेता राजवंशी तृतीय र ललिता नाहाटा सान्त्वना भएका थिए । 

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष गुणराज ढुंगेल, प्रिन्सिपल लक्ष्मण ढकाल, सञ्चालक मनोजकुमार गुप्ता, नन्दकिशोर अग्रवाल, प्रा.डा. प्रमोद कुमार झा, प्रदीप भगतलगायतले प्रमाणपत्र सहित पुरस्कार वितरण गर्नुभएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial