अभिनेता कार्तिक आर्यनलाई कोरोना



मुम्बई
– पछिल्लो पुस्तामा बलिउडका रुचाइएका अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण भएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै ‘पोजेटिभ भएको छ, प्रार्थना गर्नु’ भनी लेखेका छन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार कार्तिक फिल्म ‘भूलभूलैया २’को सुटिङमा व्यस्त थिए । फिल्ममा किआरा आडवाणी र तब्बूको पनि अभिनय छ ।

फिल्ममा अनिश बज्मीको निर्देशन छ । कोरोना महामारीका कारण फिल्मको सुटिङ कैयौं पटक सारिएको थियो । लकडाउन सकिएपछि फिल्मको काम पुनः सुरु भएको थियो ।

दुई दिन अघिमात्र कार्तिक ‘लेक्मे फेसन विक’मा अभिनेत्री कियारा आडवाणीसँग र्‍याम्प वाकमा देखिएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial