नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतद्वारा मकवानपुरगढी गाउँ कमिटी कार्यालय उद्घाटन



हेटौंडा ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एक कार्यक्रमका बीच नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीको डुम्रेकुना स्थित कार्यालय उद्घाटन गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि गढी गाउँपालिकाको डुम्रेकुनामा एमाले गाउँ कमिटीको कार्यालय खोलिएको हो ।

नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष जीत बहादुर घिमिरेको अध्यक्षता र एमाले नेता तथा पुर्वा उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल क्षेष्ठ, नेकपा एमाले प्रदेश सदस्य अनन्त पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष एकलाल श्रेष्ठले पटक–पटक मकवानपुरबाट एमालेबाटै जनताको भोट लिएर नेता बनेकाहरुनै सरकारको बिरुद्ध लागेकोले अब जनताले चिन्नु पर्नेमा जोड दिएका थिए ।

त्यसै गरि नेकपा एमाले प्रदेश सदस्य अनन्त पौडेलले आफ्नै पार्टी भित्र नै प्रधानमन्त्री केपी ओली र कम्युनिष्ट आन्दोलनलाई सिध्याउने कुचेष्टा गरेपछि यस्तो अवस्था आएको बताए ।

मन्तव्यकै क्रममा प्रमुख अतिथि बस्नेतले जवजको सिद्धान्त बोकेर अगाडी बढेको नेकपा एमालेमात्र हरेक क्षेत्र, वर्ग, समुदायको हितमा लागेको पार्टी रहेको दाबी गरेका थिए । कार्यक्रममा मेम्बर लो, कृष्ण बहादुर गोले, विष्णु दंगाल, टिका दाहाल, चन्द्र बहादुर योन्जन, रमिला घलान, शिवहरी दाहाल, प्रमोद फुयाँल, फणिन्द्र राज घिमिरे, खिलारत्न लामा लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय टाइम्स समाचार

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial