बिराटनगरमा उच्च प्रदुषण, अनिवार्य मास्क प्रयोग गरौँ



बिराटनगर ।
प्रदेश १ को राजधानी बिराटनगरमा पनि वायु प्रदुषण उच्च रहेको छ ।  केहीदिन यता काठमाडौंमा देखिएको उच्च वायु प्रदूषणको समस्या प्रदेश १ को राजधानी विराटनगरमा पनि देखापरेको हो। देशका बिभिन्न स्थानमा वायु प्रदुषणकै कारण सैयौँ उडान रद्ध भएका छन् ।

हावाको गुणस्तर इ ०–५० सम्मको अवस्थालाई राम्रो मानिन्छ। तर, विराटनगरको हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ ।

विराटनगर क्षेत्रमा अपरान्हको समयमा प्रदूषण झनै बढ्ने सम्भावना भएकाले सावधानी अपनाउनु जरुरि छ । अहिले कोभिड संगसंगै प्रदुषण बाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने देखिन्छ । 

यसैबीच शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको थियो  । पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयका सचिव सञ्‍जय शर्माले जानकारी दिएका थिए  । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुने भनिएता पनि बिराटनगर महानगरले भने त्यसो नगर्न र विद्यालयहरु  संचालन गर्न गराउन अनुरोध गर्दै सुचना सार्वजनिक गरेको छ ।
यद्यपि विराटनगरको वायु प्रदुषण भने जोखिमयुक्त भएको बिभिन्न एजेन्सी तथा श्रोतहरुले बताएका छन् । अहिले, बच्चाहरु रुघा, मर्की, खोकी, एलर्जी लगायतका कारणहरुले विद्यालयमा उपस्थित हुन नसकेको विभिन्न विद्यालयहरुले बताएका छन् । हेर्नुहोस बिभिन्न एजेन्सीहरुले देखाएको बिराटनगरको प्रदुषण अवस्था :





.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial