पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने



काठमाडौं
। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभर सामान्यतया मौसम बदली भएर केही उच्च पहाडी क्षेत्रमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११.८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १५ मिनेटमा हुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial