एमाले संसदीय दल र केन्द्रीय समिति बैठक बालुवाटारमा बस्दै



काठमाडौं ।
सत्तारुढ नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति आज बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेको लागि बैठक बोलाएका छन् ।

संसदीय दलको बैठक बिहान साढे १० बजे बालुवाटारमा बस्दैछ,भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्नेछ । माधव नेपाल र झलनाथ खनाल पक्षले भने ओलीले बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् ।

शुक्रबार नै काठमाडौंमा बसेको नेपाल-खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial