प्रदेश–१ प्रदेशसभा बैठक चैत २३ गते



मोरङ ।
प्रदेश नं १ प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते सोमवार दिनको २ बजे बस्ने भएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा नियावली, २०७४ को नियम ६ को उपनियम ३० बमोजिम प्रदेशसभा सदस्यलाई सूचना जारी गरिएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत चैत १ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial