चीनबाट कोरोना विरुद्धको खोप ल्याउने तयारी



काठमाण्डौ
- चीनबाट ल्याउने भनिएको खोपको सुनिश्चिततालाई हेरेर अर्को उमेर समूहकालाई खोप लगाउन शुरु गर्ने तयारी भएको छ । खोप आउने सुनिश्चित भयो भने केहीदिनमै फेरि खोप अभियान शुरु गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयमार्फत खोप जतिसक्दो छिटो ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप भने अबको २/४ दिनभित्रै आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनले अनुदानमा दिएको खोप बेइजिङमा रोकिएको छ । बेइजिङबाट नेपाल आफैँले खोप ल्याउनु पर्ने भएकाले अहिले परराष्ट्र मन्त्रालयमार्फत समन्वयको काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा अहिले ७ लाख डोज खोप मौज्दात छ । अहिलेसम्म नेपालमा झण्डै ६ प्रतिशत व्यक्तिले कोरोना खोप लगाएका छन् । अबको खोप अभियानमा ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने कि ६० वर्षभन्दा माथिकालाई लगाउने भन्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ । खोप तत्काल नआउने अवस्थामा पनि दोस्रो डोज खोप लगाउनेहरुका लागि भने कुनै समस्या नरहने मन्त्रालयले दाबी गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial