विश्वकप छनौट : स्पेन र ग्रिसको बराबरी



काठमाडौँ
- फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा स्पेन र ग्रिसले बराबरी खेलका छन् ।

बिहीबार राति भएको खेलमा स्पेन र ग्रिसले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो ।

खेलको ३३औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, ५७औँ मिनेटमा अनास्टासिओस बाकासेटासले पेनाल्टीमा गोल गर्दै ग्रिसलाई हारबाट जोगाए ।

यस बराबरीसँगै समूह ‘बी’ को स्पेन र ग्रिसले एक एक अंक जोडेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial