सुदूरपश्चिम प्रदेश सरकार ओली पक्षको निशानामा



काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री छन् ।

एमाले माओवादी केन्द्र र नेपाल पक्षको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ ।

सोमवार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने भनिएको थियो । तर, होलीका कारण धेरै सांसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सदस्य रतन थापाले बताए ।

अब बस्ने संसदीय दलको बैठकमा संसदीय दलको नेता बदल्ने तयारी रहेको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ताको निर्णय पनि अब बस्ने बैठकले नै गर्नेछ ।

अहिले संसदीय दलका नेतामा प्रकाशबहादुर शाह छन् । जो नेपाल पक्षका नेता हुन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial