चौंथो टी–ट्वान्टी क्रिकेटमा भारतको सानदार जित



एजेन्सी-
भारतले इङ्ल्यान्डविरुद्ध चौंथो टी–ट्वान्टी क्रिकेटमा भारतले रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ८ रनले पराजित गर्दै जित निकालेको हो । अहमदाबादमा भएको खेलमा भारतले जित निकाल्दै ५ खेलको सिरिज २–२ को अवस्थमा पुगाएको छ ।भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ७७ रन मात्र जोड्न सकेको थियो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए । यस्तै जासन रोयले ४० रन बनाए । भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै हार्दिक पाण्डय र राहुल चहलले २ र२ विकेट हात पारे । यसअघि पहिले टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

भारतका लागि सुर्य कुमार यादवले अर्धशतकीय पारी खेले । उनले ५७ रन बनाए । त्यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए । बलिङ्ल्यान्डका लागि जोफ्रा आर्चर ४ विकेट लिए । दुई देशबीचको अन्तिम टी–ट्वान्टी शनीबार हुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial