अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ



कञ्चनपुर
- अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो ।

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

यसैगरी बुधबार प्रहरीले कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरस्थित वनदेवी सामुदाययिक वन छेउमा अन्दाजी ३० क्यूविक फिट सालका दुई गोलिया बरामद गरी सामुदायिक वनमा जिम्मा लगाएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial