साउन १ गतेदेखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकउत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

साथै वार्षिकउत्सवमा बोल्दै ओलीले देश संकट पर्यो भन्नेहरुप्रति कटाक्ष गरेका छन् । देश कहाँ संकट पर्यो ? भन्दै ओलीले प्रश्न गरेका छन् ।

‘देशलाई कहाँ संकट पर्यो रे रु कहाँ संकट पर्यो रु तपाईहरुलाई के मा संकट पर्यो रु संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको अरे रु’ प्रधानमन्त्री ओलीले भने ।

उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र बिरामी परेको बताएका जसपाका नेता उपेन्द्र यादवप्रति कटाक्ष गर्दै ओलीले आफूले त्यस्तो अवस्था नदेखेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘साथीहरु त भन्नु भयो तर केही बिरामी त संघीय लोकतान्त्रिक गणतन्त्रमा परेको म देख्दिन ।’

त्यस्तै पार्टी एकता जोगाउन आफूले लागेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसकोविरुद्ध लागेको आरोप लगाए । सर्वोच्च अदालतले पार्टीलाई पूर्ववत् रुपमा फर्काइदिएपछि आफूले प्रचण्डलाई फोन गरेपनि कुनै प्रतिक्रिया नआएको बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial