काठमाडौंको तुवाँलो कहिले हट्छ भनेर जल तथा मौसम विभाग नै अन्योलमा



काठमाडौं ।
काठमाडौं उपत्यकासहित देशभर फैलिएको तुवाँलो कहिले हट्छ भन्नेमा जल तथा मौसम विभाग नै अन्योलमा परेको छ ।

विभागले मौसम विश्लेषणका आधारमा आगामी ३ दनसम्म वायुमण्डल स्थीर अवस्थामा रहिरने भएकाले तुवाँलोको विषय तत्काल हट्ने अवस्था नरहेको बताएको छ । । त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि तुवाँलोको अवस्था डढेलाको अवस्थामा निर्भर रहने विभागका प्रवक्ता सनत कुमार रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तुवाँलोका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक कार्यबाहेक घरबाट ननिस्कन र निस्कनु परेमा आवश्यक सतर्कता अपनाउन पनि विभागले अपील गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial