लेनिन – सोभियत गणतन्त्रमा नारी मजदूर आन्दोलनका कार्यहरुबारे ।


सोभियत गणतन्त्रमा नारी मजदूर आन्दोलनका सामान्य कार्यहरुको सम्वन्धमा म केही शब्द भन्न चाहन्छु । म यहाँ ती कार्यहरुको बारेमा चर्चा गर्नेछु । जुन समान्यतया समाजवादतर्फ संक्रमित सम्वन्धित छन् । साथै म ती कार्यहरुको पनि उल्लेख गर्नेछु जुन अहिले विषेश जोडतोडका साथ अगाडि प्रस्तुत गरिन्छ । साथीहरु ! सोभियत सत्ताले शुरुमा नै नारीहरुको अवस्थाबारे प्रश्न राखेको थियो । मलाई के लाग्दछ भने समाजवादतर्फ संक्रमण गरिरहेको जुनसुकै मजदुर राज्यको कार्य पनि ुदई किसिमको हुनेछ । यस कार्यको पहिलो पक्ष अपेक्षतया सरल र सहज हुन्छ । यसको समवन्ध ती पुराना ऐन काुननहरुसित छ जसले पुरुषहरुको तुलनामा महिलाहरुलाई असमान स्थितिमा राखेका थिए ।

धेरै पहिलेदेखि नै पश्चिमी युरोपका सबै मुक्ति आन्दोलनहरुका प्रतिनिधिहरुले दशौं वर्ष मात्र होइन कि सयौं वर्षदेखिनै यी पुराना ऐनकानूनहरु खारेज गर्ने र महिलाहरुलाई पुरुषहरुकै समान कानूनी अधिकार प्रदान गर्ने माग गर्दै आएका थिए । तर कुनै पनि युरोपेली प्रजातान्त्रिक राज्यको, सवभन्दा उन्नत गणतन्त्रहरुमध्ये कुने एउटाले पनि यो कुरा कार्यन्वित गर्न सकेको थिएन । किनभने जहाँ पूँजीवादको अस्तित्व कायम रहन्छ, जहां जग्गा जमिनमा, कलकारखानाहरु र मिलहरुमा व्यक्तिगत स्वामितव कायम रहन्छ, जहां पूँजीको सत्ता कायम रहन्छ, त्यहाँ पुरुषहरुमा नै विशेषाधिकार पनि कायम रहन्छ । रुसमा यो कार्यान्वित हुन सक्नुको कारण के हो भने यहाँ सन् १९१७ को २५ अक्टुबरदेखि मजदुरहरुको सत्ता कायम भएको छ । सोभियत सत्ताले शुरुदेखि नै श्रमजीवीहरुको यस्तो सत्ता कायम गर्ने लक्ष्य लिएको छ जुन हरेक प्रकारको शोषणको एकदमै विरोधी छ । यस सत्ताले जमिन्दारहरु तथा पूँजीपतिहरुको तर्फबाट श्रमजीवीहरुको शोषणको संभावना नामेट पार्न, पूँजीको अधिपत्य खतम गर्ने आफ्नो लक्ष्य बनाएको छ । सोभियत सत्ताले यस्तो अवस्था कायम गर्ने प्रयास गर्दै आएको छ जहाँ श्रमजीवीहरुले जग्गा जमीनमा व्यक्तिगत स्वामित्वविना, कलकारखानाहरु र मिलहरुमा व्यक्तिगत स्वामित्वविना नै आफ्नो जीवनको निर्माण गर्नेछन्, जुन व्यक्तिगत स्वामित्वले सम्पुर्ण संसारमा, अझ पूर्ण राजनैतिक स्वतन्त्रता अन्तरगत र सवभन्दा प्रजातान्त्रिक गणतन्त्रहरुमा समेत श्रमजीवीहरुलाई वास्तवमा ः दरिद्र तथा ज्यालादारी दासको स्थितिमा राखेको थियो, अनि महिलाहरुलाई चांहीि दोहोरो दासत्वको अवस्थामा पारिराखेको थियो ।

सोभियत सत्ताले भने श्रमजीवीहरुको सत्ताको हैसियतले आफ्नो अतिस्त्वका पहिला महिनाहरुमा नै नारीहरुको सम्वन्धमा न्याय विधानमा ज्यादै निर्णायक आमूल परिवर्तन गरिदियो । सोभियत गणतन्त्रमा ती एनेकाुननहरुको जग नै उखेलिएको छ जसले महिलाहरुलाई पराधिन स्थितिमा राख्ने गरेका थिए । म खास ती ऐन कानुनहरुको बारेमा कुरा गर्दैछु जसले विशेषत नारीहरुको अति कमजोर स्थितिबाट फाइदा उठाउने गर्दथे र उनीहरुलाई असमान तथा प्रायशः अवहेलित स्थितिमा पार्दथे, ती कुन पारपाचुके सम्वन्धि र अविवाहिताबाट जन्मेका बच्चाहरु सम्वन्धी ऐनकाुननहरु, बच्चाको पालनपोषणको नींति उसको बाबुमाथि उजुर गर्ने आइमाइहरुको हक सम्वन्धी कानूनहरु ।


खास यसै क्षेत्रमा पूँजीवादी न्याय विधानहले, अझ सांच्चै भन्ने हो भने सवभन्दा उन्नत मुलुकहरुमा समेत, नारीहरुको अति कमजोर अवसस्थाबाट फाइदा उठाउने गरेको छ , उनीहरुलाई असमान र अवहेलित तुल्याएको छ खास यसै क्षेत्रमा नै सोभियत सत्ताले पुराना, अन्यायपूर्ण र श्रमिक समुदायहरुका प्रतिनिधिहरुको नीति असह्य ऐनकाुननहरुको नामोनिशाना बाँकी राखेको छैन । अव हामी कुनै अतिशयोक्ती बगेर ठूलो गर्वका साथ भन्न सक्दछौं ः सोभियत रुस मात्र संसारमा एउटा यस्तो देश हो जहाँ नारीहरु पूर्ण समानाअधिकारसम्पन्न छन्, जहाँ महिलाहरु यस्तो अवहेलित स्थितिमा रहेका छैनन् । जुन विशेषतया दैनिक, घरेलु जीवनमा अनुभव गरिन्छ । यो हाम्रो एउटा पहिलो र महत्वपूर्ण कार्य थियो ।
यदि तपाइले बोल्शेभिकहरुप्रति शत्रुता राख्ने पार्टीहरुसित सम्पर्क राख्नु परेकोछ, अथवा यदि कोल्चाक या देनीकीनको कब्जामा रहेका जिल्लाहरुबाट रुसी भाषामा छापिने अखबारहरु तपाइको हातमा परेको छ, यदि तपाइले यस्ता अखबारहरुको दृष्टिकोण राख्ने मानिसहरुसित कुरा गर्नु भएको छ भने तपाइले यी सबैबाट सोभियत सत्तामाथि त्यसले प्रजातन्त्रको हनन् गरको छ भन्ने दोषारोपण नै प्रायशः सुन्न सक्नु हुनेछ ।

हामीले प्रजातन्त्रको हनन् गरिरहेका छौं भन्ने नै हामी, सोभियत सत्ताका प्रतिनिधिहरु बोल्शेभिक कम्युनिष्टहरु तथा सोभियत सत्ताका समर्थकहरुमाथि बराबर आरोप लगाइन्छ । अनि यस आरोपको पुष्टि गर्नका निम्ति सोभियत सत्ताले संविधानसभा भंग ग¥यो भन्ने तथ्य ते¥स्याईन्छ । हामी यी आरोपहरुको प्राय यस्तो जवाफ दिन्छौं ः त्यस्तो प्रजातन्त्र र त्यसतो संविधान सभालाई हामी वाहियात ठान्दछौं । जो जग्गाजमीनमा व्यक्तिगत स्वामित्वको अस्तित्व छँदा नै स्थापित भएको थियो, जुन बेला मानिसहरुको वीचमा समानता थिएनन, जुन बेला जससित व्यक्तिगत पूँजी हुन्थ्यो उही नै मालिक थियो, अरु जो उसको नींति काम गर्दथे ती सबै उसका ज्यालादार िदास थिए । यस्ता प्रजातन्त्रलाई हामी काना कौडी पनि मूल्य दिदैनौं । यस्तो प्रजातन्त्रले सबभन्दा उन्नत राज्यहरुमा समेत दासत्वको ढाकछोप गर्दथ्यो । हामी, समाजवादीहरु प्रजातन्त्रका त्यति मात्रै समर्थक हन्छौं जति हदसम्म त्यसले श्रमजीवीहरु र उतपीडितहरुको अवस्था सहज तुल्याउँछ । समावादले समस्त ंसंसारभरि मानिसद्वारा मानिसको जुनसुकै किसिमको पनि शोषणको विरुद्ध संघर्ष गर्नु आफ्नो कार्य सम्झन्छ । हाम्रो नीति त्यस प्रजातन्त्रको मात्र वास्तविक महत्व हुन्छ । जसले शोषितहरुको अर्थात् तिनको सेवा गर्दछ जो असमान स्थितिमा राखिएका हुन्छन् । यदि जो श्रम गर्दैन त्यसलाई मताधिकारबाट पनि वंिचत गरिन्छ भने यही नै मानिसहरुको वीचमा वास्तविक समानता हो । काम नगर्नेले खान पनि पाउनु हुँदैन ।

यी सबै आरोपहरुको जवाफमा हामी के भन्दछौं भने कुन राज्यमा प्रजातन्त्रको कार्यान्वयन कसरी भैरहेको छ भन्ने प्रश्न राखिनु पर्दछ । सबै प्रजातान्त्रिक गणतन्त्रमा समानताको घोषणा गरिएको हामी देख्दछौं । परन्तु नागरिक ऐनकानुनहरुमा र महिलाहरुको अधिकार सम्वन्ध्ी ऐन कानुनहरुमा भने परिवारमा महिलाहरुको स्थितिको सम्वन्धमा पारपाचुकेको सम्वन्धमा प्रत्येक पाइलामा हामी नारीहरुको असमानता र अपमान नै देख्दछौं । तसर्थ हामी के भन्दछौं भने यो खास उतपीडितहरुके सम्वन्धमा प्रजातन्त्रको उल्लंघन हो । सोभियत सत्ताले अन्य सवभन उन्नत मुलुकहरुको भन्दा पनि बढी प्रजातन्त्र यस अर्थमा कार्यान्वित गरको छ कि आफ्ना ऐनकाुननहरुमा उसले नारीहरुको असमानताको अलिकति पनि चिन्ह बाँकी राखेको छैन । म दोहो¥याएर भन्दछु कि कुनै पनि राज्यले, कुनै पनि प्रजातान्त्रिक न्याय विधानले नारहिरुको नींति त्यस कामको आधार हिस्सा पनि गरेका छैन । जति सोभियत सत्ताले आफ्नो अस्तित्वका महिला महिनाहरुमा नै गरेको थियो ।

निस्सन्देह कानूनहरु मात्र बनाएर पुग्दैन हामी केवल आज्ञप्तीहरुमा मात्र कुनै हालतमा पनि सन्तुष्ट रहन सक्दैनौं । परन्तु न्याय विधानको क्षेत्रमा हामीले पुरुषहरुको स्थिति सरह नारीहरुको स्थिति पनि समान तूल्याउनको निम्ति चाहिने काम पुरा गरिसकेका छौं र हामीलाई यसको गर्व गर्ने पनि अधिकार छ सोभियत रुसमा अव नारीहरुको स्थिति सवभन्दा उन्नत राज्यहरुको दृष्टिकोणबाट पनि आदर्श छ । तर हामी भन्दछौं कि यो जरुर पनि आरभ्व मात्र हो ।

नारीहरुको अवस्था घरधन्दामा उनीहरुले अल्मलिनु पर्ने हुँदा अझै पनि फुक्का हुन सकेको छैन । नारीहरुको पूर्ण मुक्ति र पुरुषहरुसित उनीहरुको वास्तविक समानतको लागि सार्वजनिक अर्थव्यवस्थाको आवश्यकता हुन्छ र नारीहरुले सामान्यता उत्पादक श्रममा भाग लिनु पर्दछ । त्यसबेला मात्रै नारीहरुको स्थिति पनि पुरुषहरुको सरह नै हुनजानेछ ।

पुरुषहरुको तुलनामा नारीहरुलाई श्रमको उत्पादनकत्व, श्रमको मात्रा श्रमअवधिको लम्बाइ श्रमको अवस्था इत्यादीमा समान तुल्याउने बारे यहाँ कुरा भइरहेको छैन, बरु गृहस्थीको स्थितिद्वारा उनीहरुको उत्पीडन हुुनुहुँदैन भन्ने बारे चर्चा हुँदैछ । तपाईहरुलाई थाहै छ कि पूर्ण समानाधिकारको अवस्थामा समेत नारीहरुको यो वास्तविक उत्पिडन भने कायमै रहेको हुन्छ ः किनभने सारा घरधन्दा नारीहरुको काँधमा पर्दछ । यही घरधन्दा नै अधिकांशतः सबभन्दा अनुत्पादक, सबभन्दा बर्बर र सबभन्दा कठिन श्रमको रुप रहेको हुन्छ जुन नारीहरुकोले कार्यान्वित गर्नु परेको हुन्छ । यो श्रम एकदमै तुच्छ हुन्छ जसले नारीहरुको विकासमा कुनै पनि किसिमले एक रत्ति पनि योगदा पु¥याउँदैन ।

समाजवादी आदर्शको अनुसरण गर्दै हामी समाजवादको पूर्ण कार्यान्वितको लागि संघर्ष गर्न चाहन्छौं र यहाँ नारीहरुको निमित्त ज्यादै व्यापक कार्यक्षेत्र देखा पर्दछ । हामीले अव समाजवादी निर्माणको लागि जमिन सफा गर्नमा गंभीरतापूर्वक तैयारी गरिरहेका छौं । त्यतिखेर मात्रै समाजवादी समाजको निर्माणकार्य शुरु हुन्छ जुन बेला हामी नारीहरुको लागि पूर्ण समानता हासिल गरेर ती नारीहरुसँग मिलीकन नयाँ कार्य गर्न थाल्ने छौं जो यस तुच्छ, नीरस र अनुत्पादक श्रमबाट मुक्त गरिएका हुन्छन् । हाम्रो लागि यो काम कयौं वर्षको निम्ती पर्याप्त छ ।

यस कार्यले तुरुन्त नै कुनै परिणाम दिन सक्दैन र ज्वलन्त प्रभाव पनि पर्दैन ।

हामी आदर्श संस्थाहरु, भोजनालयहरु, शिशुसदनहरुको निर्माण गर्र्दैछौं जसले नारीहरुलाई घरधन्दाबाट छुट्कारा दिने छ र यहाँ खास नारीहरुले नै मुख्यतया यी सबै संस्थाहरुको व्यवस्थाको काम गर्नु पर्नेछ । के कुरा स्वीकार गर्नु आवश्यक छ भने अहिले रुसमा यस्ता संस्थाहरु ज्यादै नै कम छन् । जसले नारीहरुलाई घरेलु दासीको अवस्थाबाट छुट्कारा दिलाउन सघाउ पु¥याउँछन । यस्ता संस्थाहरुको संख्या नगण्य छ र अहिले सोभियत गणतन्त्रले जुन अवस्था पार गर्नुृ परिरहेको छ । (अर्थात् सामरिक अवस्था तथा खाद्यस्थिति जसको बारेमा यहाँ साथीहरुले तपाइहरुलाई सविस्तार बनाइसकेका छन्) त्यसले हामीलाई यो काम गर्नमा बाधा पु¥याईरहेका छन् । तैपनि के कुरा भन्नु आवश्यक छ भने नारीहरुलाई घरेलु दासीको अवस्थाबाट छुट्कारा दिलाउने खालका यी संस्थाहरु ती सबै ठाउँहमा देखा परिरहेका छन् जहाँ यसको लागि किंचित पनि संभावना छ ।
मजदुरहरुको मुक्ति स्वयं मजदुरहरुकै कार्य हुनु पर्दछ भन्ने हाम्रो भनाई छ । यसैगरी महिला कामदारनीहरुको मुत्ति पनि स्वयं महिला कामदारनीहरुकै काम हुनु पर्दछ । स्वयं महिला कामदारनीहरुले नै यस्ता संस्थाहरुको विकासमा भाग लिनु पर्दछ र नारीहरुको यस कार्यले पूँजीवादी समाज अन्तर्गत उनीहरुको पुरानो स्थितिमा आमूल परिवर्तन ल्याउने छ ।

पुरानो पूँजीवादी समाज अन्तर्गत राजनीतिमा लाग्नको निम्ती विशेष किसिमको प्रशिक्षणको खाँचो पर्दथ्यो । यसैउसले गर्दा सबभन्दा उन्नत तथा स्वतन्त्र पूँजीजीवी मुलुकहरुमा समेत राजनीतिमा नारीहरुको देन नगण्य रहेको थियो । हरेक श्रमिक नारीको निम्ति राजनीति सुलभ तुल्याउनु नै हाम्रो कार्य हो । जग्गाजमीन र कलकारखानामा व्यक्तिगत स्वामित्वको उन्मूलन तथा भूमिपतिहरु र पूँजीपतिहरुको सत्ताको मुलोच्छेद हुनासाथै श्रमिक जनसमुदायहरु तथा श्रमिक नारीहरुको निम्ति राजनीतिको कार्य सरल, सुस्पष्ट तथा सबैको लागि पूर्णतया सुलभ हुन गएको छ । पूँजीवादी समाजमा नारीहरु यस्तो अधिकाररहित स्थितिमा राखिएका हुन्छन् जहाँ पुरुषहरको तुलनामा राजनीतिमा उनीहरुको सहभाग एकदमै नगण्य रुपमा मात्रै व्यक्तिन्छन् । यो स्थितिमा हेरफेर ल्याउनको निम्ति श्रमजीवीहरुको सत्ताको आवश्यकता हुन जान्छ । अनि मात्र त्यो नै राजनीतिको मुख्य कार्य हुनेछ । जसले स्वंय श्रमजीवीहरुको प्रारब्धमा प्रत्यक्षः प्रभाव पार्दछ ।
यहाँ पनि कम्युनिष्ट तथा चेतनशील मात्र नभैकन गैरपार्टी तथा वर्गचेतनरहित महिला कामदारनीहरुको सहभाग जरुरी छ । यहाँ सोभियत सत्ताले महिला कामदारनीहरुको सहभाग जरुरी छ । यहाँ सोभियत सत्ताले महिलाकामदारनीहरुको अगाडि व्यापक कार्यक्षेत्र खुला गरिदिएको छ ।

हामीले सोभियत रुसप्रति सत्रुता राख्ने शक्तिहरुको विरुद्ध संघर्षमा ठूलो कठिनाइृको सामना गर्नु परेको थियो । यी शक्तिहरु सोभियत रुसमाथि हमला गर्दछन् । हामीले सामरिक क्षेत्रमा पनि ती शक्रिहरुको विरुद्ध कठिन संघर्ष गर्नु परेको थियो जो श्रमजीवीहरुको सत्ताको विरुद्ध युद्ध छेड्छन् । फेरि खाद्यन्नको क्षेत्रमा पनि काला बजारियाहरुको विरुद्ध हामीले कठीन संघर्ष गर्नु परेको थियो, किनभने यस्ता मानिसहरुको संख्या, श्रमिकहरुको संख्या ज्यादै नै थोरै छ जो आफ्नै श्रमद्वारा हामीलाई पूर्णतः मद्दत गर्न तयार छन् । यहाँ पनि सोभियत सत्ताले अरु कुनै कुराको पनि त्यस्तो मूल्यांकन गर्न सक्दैनन् जस्तो त्यसले गैरपार्टी महिला कामदारनीहरको व्यापक समुदायहरुको सहायताको मूल्यांकन गर्दछ । उनीहरुलाई थाहा होस् कि संभवतः पुरानो पूँजीवादी समाजमा राजनैतिक क्रियाकलापको निम्ती जटिल प्रशिक्षणको आवश्कयता पर्दथ्यो ।, र नारीहरुको लागि त्यो सुलभ थिएन । परन्तु सोभियत गणतन्त्रमा राजनैतिक क्रियाकलापको मुख्य लक्ष्य नै भूमिपतिहरु र पूँजीपतिहरुको विरुद्ध संघर्ष गर्नु हो, शोषणको उन्मूलनको लागि संघर्ष गर्नु हो । यसर्थ सोभियत गणतन्त्रमा नारीहरुको निम्ति राजनैतिक क्रियाकलाप फुक्का रहन्छ र त्यो यस कुरामा निहित हुनेछ कि नारीहरुले आफ्नो संगठनात्मक क्षमताद्वारा पुरुषहरुलाई सघाउनु पर्दछ ।

हामीलाई लाखौंको स्तरमा संगठनात्मक कार्य मात्र पर्याप्त छैन । हामीलाई सबभन्दा सानो स्तरमा समेत संगठनात्मक कार्यको आवश्यकता छ जसले गर्दा नारीहरुले पनि काम गर्ने संभावना पाउने छन् । नारीहरुले सामरिक अवस्थामा समेत काम गर्न सक्दछन् जुन बेला सेनालाई सहायता पु¥याउने र त्यसभित्र प्रचार गर्ने कार्य चालू राखिन्छ । नारीहरुले यी सबै कुरामा सक्रियतापूर्वक भाग लिनु पर्दछ जसले गर्दा लालसेनाले आफ्नो चिन्ता लिइन्छ र आफ्नो हेरविचार गरिन्छ भन्ने कुरा देख्ने छ । नारीहरुले खाद्यको क्षेत्रमा अर्थात् वस्तुहरुको वितरण तथा सार्वजनकि भोजको सुधारमा, अनि पेत्रोग्रादमा अहिले व्यापक रुपमा स्थापित गरिएका जस्ता भोजनालयहरुको विकासमा समेत काम गर्न सक्दछन् ।

यस्ता क्षेत्रहरुमा मलिा कामदारनीहरुको क्रियाकलापले वास्तविक संगठनात्मक महत्व राख्छ । ठूलाठूला प्रयोगात्मक व्यवसायहरुको संगठन र तिनको रेखदेखमा पनि नारीहरुले भाग लिनु पर्दछ जसले गर्दाँ हामीकहाँ यो कार्य विरल कार्य रहने छैन । यस कार्यमा श्रमिक नारीहरुको ठूलो संख्याले भाग नलिईकन त्यसको परिपुर्ति हुन सक्दैन । खाद्य वस्तुहरुको वितरणको रेखदेख गर्ने र यी वस्तुहरु सहजै उपलब्ध गर्ने कार्यको रेखदेख गर्ने अर्थमा महिला कामदारनीहरु यस काममा राम्रोसँग उपयुक्त हुन सक्दछन् । गैरपार्टी महिला कामदारनीहरुको निमित्त पनि यो कार्य पुर्णतया उपयुक्त छ, अपितु यस कार्यको परिपुर्तिले मुख्यतया समाजवादी समाजको सुदृढिकरणमा योगदान पुग्न जानेछ ।

भूमिमा व्यक्तिगत स्वामित्वको उन्मूलन गरे, अनि कलकारखानाहरु तथा महिलाहरुमा पनि झण्डै पुर्णतः त्यसको अन्त्य गरेर सोभियत सत्ताले के कम्युनिष्ट, के गैरपर्टी, के पुरुष, के महिला साराका सारा श्रमिकहरुले यस आर्थिक निर्माणमा भाग लिन सकुन् भन्ने प्रयास गरिरहेको छ । सोभियत सत्ताले शुरु गरेको यो काम त्यतिखेर मात्रै अगाडि बढाउन सकिन्छ जुनबेला सम्पूर्ण रुसभरि सयौं नारीहरुको सट्टा त्यसमा लाखौं करोडौं नारीहरुले भाग लिनेछन् । हामीलाई पूर्ण विश्वास छ कि त्यसबेला समाजवाद निर्माणको कार्य दिगो हुन जाने छ । भूमिपतिहरु तथा पूँजीपतिहरु बेगर पनि श्रमजीवीहरु बांच्न सक्दछन् । र कारोबार चलाउन सक्दछन् भन्ने कुरा त्यसबेला उनीहरुले प्रमाणित गर्नेछन् । त्यसबेला रुसमा समाजवाद निर्माणको कार्य यति दरिलोसित खडा भैसक्ने छ कि अरु मुलुकहरुमा रहेका बाहिरी शत्रुहरु र रुसभित्र रहेका कुनै पनि शत्रुहरु सोभियत गणतन्त्रको लागि भयावह हुने छैनन् ।

(मास्को नगरका गैरपार्टी महिला कामदारहरुको चतुर्थ सम्मेलनमा सन् १९१९ को २३ सेप्टेम्बरका दिन दिइएको भाषण) खण्ड २९, पृ.१९८–२०५ श्रमिकहरुले यस आर्थिक निर्माणमा भाग लिन सकुन् भन्ने प्रयास गरिरहेको छ । सोभियत सत्ताले शुरु गरेको यो काम त्यतिखेर मात्रै अगाडि बढाउन सकिन्छ जुनबेला सम्पूर्ण रुसभरि सयौं नारीहरुको सट्टा त्यसमा लाखौं करोडौं नारीहरुले भाग लिनेछन् ।

 हामीलाई पूर्ण विश्वास छ कि त्यसबेला समाजवाद निर्माणको कार्य दिगो हुन जाने छ । भूमिपतिहरु तथा पूँजीपतिहरु बेगर पनि श्रमजीवीहरु बांच्न सक्दछन् । र कारोबार चलाउन सक्दछन् भन्ने कुरा त्यसबेला उनीहरुले प्रमाणित गर्नेछन् । त्यसबेला रुसमा समाजवाद निर्माणको कार्य यति दरिलोसित खडा भैसक्ने छ कि अरु मुलुकहरुमा रहेका बाहिरी शत्रुहरु र रुसभित्र रहेका कुनै पनि शत्रुहरु सोभियत गणतन्त्रको लागि भयावह हुने छैनन् ।

(मास्को नगरका गैरपार्टी महिला कामदारहरुको चतुर्थ सम्मेलनमा सन् १९१९ को २३ सेप्टेम्बरका दिन दिइएको भाषण) खण्ड २९, पृ.१९८–२०५ सोभियत सत्ताबाट
राष्ट्रिय टाइम्स समाचार

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial