कोरोना संक्रमण : कञ्चनपुरमा निषेधाज्ञा



कञ्चनपुर
। कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई मध्येनजर गर्दै स्थानीय प्रशासनले कञ्चनपुरमा निषेधाज्ञा लगाएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सीमावर्ती जिल्ला कञ्चनपुरमा पनि कोरोना संक्रमण फैलिने जोखिम रहेकाले जात्रा, पर्व, महोत्सव, जुलुस मेला लगाउनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी रामकुमार महत्तोले बताउनु भएको छ।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलबार राति १२ बजेदेखि नै लागु हुने गरी रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ।



कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सीमा नाका रहेकाले नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ।

यसबाहेकका सबै प्रवेश बिन्दु र खुला सीमा नाकाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ’ प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको आदेशमा उल्लेख छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial