प्रतिनिधि सभाको बैठक बस्दैः यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं
। आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । प्रतिनिधिसभाको सातौँ अधिवेशनको पाचौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । आज बस्ने सातौँ अधिवेशनको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयद्वारा सार्वजनिक गरिएको हो ।

जसअनुसार शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् र त्यसपश्चात् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सभापति बिमल प्रसाद श्रीवास्तवले एक वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

प्रधानमन्त्रीले पेश गर्ने दुई वार्षिक प्रतिवेदन यस प्रकार रहेका छन्ः
  • न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन 
  • महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial