प्रिमियर लिग : टोटेनहमको शानदार जित



एजेन्सी-
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ को फराकिलो अन्तरले जितेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ बेलले दुई दुई गोल गरे । क्रिस्टलका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।

जितसँगै टोटेनहम २७ खेलमा ४५ अंकसहित छैटौँ स्थानमा रहेको छ । क्रिस्टल ३४ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial