विराटनगर महानगरमा आपत्कालीन कार्यालय सञ्चालन



विराटनगर
- विराटनगर महानगरपालिकाले आपत्कालीन अवस्थामा नागरिकको जनधनको क्षति न्यूनीकरण गर्नका लागि ‘स्थानीय आपत्कालीन’ कार्यालय बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानगढमा कार्यालयको उद्घाटन गरे ।

उनले चौबीसै घण्टा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित कार्यालयले नागरिकलाई विपद्को समयमा आवश्यक सहयोग प्रदान गरी क्षति न्यून गर्ने बताए ।

महानगरका प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेतले जिल्ला विपद् व्यवस्थापनको सहकार्यमा आपत्कालीन सेवाबाट कार्य सञ्चालन गर्ने बताए ।

हाल कार्यलयमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री रहेको र आवश्यकतानुसार थप गर्दै जाने सोही अवसरमा जानकारी दिइएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial