राम मन्दिर बनाउने विषयमा अनुसन्धानभन्दा प्रचार बढी भयो : प्रचण्ड



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीस्थित प्रस्तावित अयोध्यामा राम मन्दिर बनाउने विषयमा अहिले अनुसन्धानभन्दा प्रचार बढी भएको बताएका छन् ।

माडीस्थित प्रस्तावित अयोध्या क्षेत्रमा पुगेर प्रचण्डले कुनै पनि काम प्रचारमुखी नभई यथार्थमुखी हुनुपर्ने बताएका हुन् । उनले राम मन्दिर बनाउने विषयमा अहिलेको सरकारले प्रचार बढी गरेको र अनुसन्धानमा ध्यान नदिएको टिप्पणी गरे ।

उनले कम्युनिष्टहरू धर्मलाई मान्दैनन् भन्ने कुरा झुटो भएको पनि बताए । उनले आफूले सरकारमा गएपछि यस विषयमा मुठी खोलेर सहयोग गर्ने पनि प्रष्ट पारे । त्यस्तै, उनले यस विषयमा संवेदनशील बन्ने र पुरातत्वविदहरूसँग छलफल गरेर अनुसन्धानमा गम्भीर हुनेसमेत बताए ।

माडी – ९ कृष्णपुरमा वैशाख ८ गते रामनवमीका दिन राम मन्दिर स्थापना गरिँदै छ । काठमाडौँदेखि राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याइँदै छ । प्रचण्डले अयोध्याधाम क्षेत्रको निरीक्षणसमेत गरे ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial