लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नभएपछी, केही मान्छे प्रतिगमन भयो भन्दै हिडेका छन : प्रधानमन्त्री



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन भयो भन्दै हिडेको आरोप लगाएका छन ।

लोकतन्त्रका योद्धालाई सम्मान गर्न बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताएका छन ।

संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पुरा हुन नसक्दा प्रतिगमन भयो भनेर हल्ला चलाइएको प्रधानमन्त्रीको भनाइ थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial