ओली प्रतिगमनकारी हुन, प्रतिगमनकारीसँग के को गठबन्धन ? : महिन्द्र राय यादव



जनता समाजवादी पार्टी जसपा नेता महिन्द्र राय यादवले प्रतिगमन विरोधी शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनु पर्ने बताएका छन्।

सम्माननिय प्रधानमन्त्री केपी ओलीजीको कदमलाई हामिले प्रतिगमनकारी कदम भनेका थियौ त्यसैले प्रतिगमनकारीसँग गठबन्धन गर्नु उचित नहुने कुरा बताएका छन ।

हामीले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भनेको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको छ। यो राम्रो पक्ष हो, एक अनलाईन पेपर संग कुरा गर्दै यादवले भने,पार्टीको निर्णयविपरीत कसले के गर्छ, के बोल्छ ? कोसँग भेटघाट गर्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन।

आफूहरूको समर्थन पाएरसमेत प्रधानमन्त्री ओलीले कुनै मागलाई सम्बोधन नगरेको उनले बताए।

जतिबेला संविधान संशोधनका लागि दुई तिहाइ पुग्थ्यो त्यो बेलामा कुनै चासो भएन। अहिले दलहरूका बीचमा सहमति जुटाउन कठिन छ, उनले भने, आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले हाम्रा माग पूरा गर्छु भनेर हुँदैन । हामीले प्रधानमन्त्री ओलीलाई साथ दिने कुनै निर्णय गरेका छैनौं र गर्ने सम्भावना पनि निकै कम छ

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial