ऋण तिर्न नसकेर फरार भएका गुडविल सहकारीका अध्यक्ष पक्राउ


ललितपुर | ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले शनिबार उनलाई चितवनबाट पक्राउ गरी ललितपुर ल्याएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ।



गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। प्रहरीका अनुसार उनी १५-१६ दिनदेखि फरार थिए।

उनी दिनमै दुई-तीन ठाउँ फेर्दै लुकिरहेका थिए। हिजो चितवनबाट पक्राउ गर्‍यौं,’ ललितपुर प्रहरी स्रोतले भने।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लगिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial