विवाहको तयारी गरी रहेकालाई पनि कोरोनाको कहर, पार्टी प्यालेस वैशाख मसान्तसम्म बन्द !



आज बसेको मन्त्रिपरिषदको बैठकले पार्टी प्यालेस बैसाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेसंगै बिबाहाको तयारी अबस्थामा रहेका जोडिहरुलाई समस्या परेको छ । कोरोनाको प्रकोप बढेको भन्दै यस्तो निर्णय गरिएको हो ।

शिक्षण संस्थासहित रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको हो । यता पार्टी प्यालेस बन्द हुँदा विवाहको तयारी गरिरहेकाहरुलाई समस्या परेको छ भने सिनेमा बन्द हुँदा चलचित्र क्षेत्रलाई पनि ठुलो समस्या परेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial