‘नेल्टा’ मोरङ्गको आयोजनामा बिराटनगरमा एक दिवसीय सेमिनार र कार्यशाला सम्पन्न


प्रकाशित: २०७७, चैत्र २८, शनिबार । 
अंग्रेजी विषय शिक्षण गर्ने शिक्षकहरुको संस्था (NELTA)‘नेल्टा’ मोरङ्गको आयोजनामा बिराटनगरमा एक दिवसीय सेमिनार र कार्यशाला शनिवार सम्पन्न भएको छ । नेल्टाको मुख्य उद्देश्य अंग्रेजी भाषाको शिक्षण र शिक्षालाई सुधार गर्नु रहेको छ । यसै उद्देश्यलाइ मध्यनजर गर्दै उक्त सेमिनारमा अंग्रेजी भाषा सिक्षणमा कस्ता किसिमका चुनौती रहेका छन् र यसलाई दिघो रुपमा समाधान गरि शिक्षकको गुणस्तरलाइ कसरि अझै अभिवृद्धि गर्दै अघि बढ्न सकिन्छ भन्ने विषयमा बिभिन्न सैक्षिक व्यक्तित्वहरुले आफ्ना प्रस्तुति राखी कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।

"एक शिक्षक बन्न मा: प्रारम्भिक क्यारियर, स्थिरता र वृद्धि विकास " (On becoming a teacher: Early career, Sustainability and Growth) विषयक सेमिनार प्राध्यापक तथा नेल्टाका प्रेसिडेण्ट मोतिकला सुब्बा देवानको प्रमुख आतिथ्यमा संचालन भएको थियो । कार्यक्रमको अध्यक्षतामा नेल्टा मोरंगका अध्यक्ष गुणराज नेपाल रहनुभएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका बिभिन्न विद्यालयका आधारभूत तह देखि माध्यमिक तह सम्म अध्यापन गराउने एक सय भन्दा बढि शिक्षकहरुको सहभागिता रहेको थियो ।


पाँचवटा सेसनमा संचालित कार्यशालामा पहिलो प्रस्तुति नेल्टा मोरंगका अध्यक्ष श्री गुणराज नेपाल , दोस्रो सेसनमा प्राध्यापक मोतिकला सुब्बा देवान , तेश्रोमा नेल्टा मोरंगका उपाध्यक्ष श्री इन्द्र बहादुर चौहान , चौथोमा बबिता पराजुली, दिपक राइ , शिव कुमार ताजपुरिया, प्रतीक्षा खतिवडा र पाँचौ सेसनमा हेमन्त राज दाहालले सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रम नेल्टा मोरंगका उपाध्यक्ष श्री इन्द्र बहादुर चौहानको संयोजकत्वमा सम्पन्न गरिएको थियो । कार्यशालामा सबै अंग्रेजी भाषाका शिक्षकलाई कार्यक्रमको महत्व बारे नेल्टा मोरङ्गका उपाध्यक्ष इन्द्र बहादुर चौहानले जानकारी गराएका थिए । आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने उहाँले बताउनुभयो ।

हेर्नुहोस कार्यक्रमका केहि तस्विरहरु :




.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial