प्रेमिकालाई बलात्कार गरेको आरोपमा प्रेमी पक्राउ



प्रेमिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेमीलाई पक्राउ गरेको छ ।

बुधवार राति हेटौंडा उपमहानगरपालिका–६ पुतली बजारस्थित खोलाको बगरमा प्रेमिका बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा घर भएका विशाल पासवानलाई पक्राउ गरेको छ ।

२१ वर्षीय विशाल कर्मचारी हुन् । उनी हेटौंडा स्थित एक सरकारी कार्यालयका अस्थायी कर्मचारी भएको बताइएको छ ।

गएराति साढे १० बजे ‘सामूहिक बलात्कार’ भएको सूचना पाएपछि घटनास्थलमा पुगेका मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले पासवानलाई पक्राउ गरेको हो । बलात्कृत प्रेमिका १८ वर्षभन्दा कम उमेरकी छिन्

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial