विदेशमा ग्रिनकार्ड प्राप्त नागरिकको गणना नहुने



हरेक १० वर्षमा गरिने जनगणनाको मुख्य काम आगामी जेठ २५ देखि असार ८ गतेभित्र सक्ने योजनासहित गणनाको काम भइरहेको छ ।

विभागले २०७८ सालको शुरुमै बाह्रौँ राष्ट्रिय जनगणना थालेको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछाने बताए ।
मेरो गणना, मेरो सहभागिता’ नारासहित नेपालमा जेठबाट राष्ट्रिय जनगणना शुरू हुँदैछ। २०७८ जेठ २५ गतेदखि असार ८ गते (पन्ध्र दिन)मा देशभरि एकसाथ १२ औँ जनगणना हुनेछ। त्यसका निम्ति चैत ९ गतेदेखि २३ गतेभित्र नमुना जनगणना भइरहेको छ।

नमुना जनगणना प्रत्येक प्रदेशबाट २ जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा सञ्चालन गरिने छ। यस अनुसार नमुना गणना प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ मा मकवानपुर र काठमाडौंमा हुनेछ।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ मा रूपन्देही र प्यूठान, सुदुरपश्चिम प्रदेशको कैलाली र दार्चुला र कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा हुनेछ। ती जिल्लाका करिब ११ हजार ६ सय १० घरपरिवारमा नमुना जनगणना हुने तथ्याङ्क विभागका निर्देशक तीर्थराज चौलागाँईले बताए।

विदेशमा ग्रिनकार्ड प्राप्त नागरिक र उतै विहे गरेर बसेको नागरिकको गणना हुँदैन। तर रोजगार, पढाइ, व्यापार लगायत विभिन्न उद्देश्यले विदेशमा रहेका सबै नागरिकको परिवालाई सोधपुछको आधारमा गणना गरिने छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial