सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ भेरियन्टको कोरोना



कैलाली |
सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ।

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए।

संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्। एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो। उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो।

अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial