विराटनगरको कोभिड उपचार केन्द्रमा एकजना संक्रमितको मृत्यु



विराटनगर ।
मोरङको विराटनगरमा कोरोना भाइरस सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका–४ निवासी ४५ बर्षीय एक पुरुषको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

तीन दिनअघिनै कोरोना सङ्क्रमण पुष्टि भएका उक्त पुरुषको, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आज बिहीबार मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उपचारका लागि उनलाई गएको वैशाख ६ गते अस्पताल भर्ना गरिएको कोशी कोभिड उपचार केन्द्रले जनाएको छ ।


अस्पताल श्रोतका अनुसार उनलाई पछिल्लो समय ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो भने उनमा मधुमेह र फोक्सोसम्बन्धी पुरानै समस्या थियो । उनको उपचारका क्रममा बिहान साढे एघार बजेतिर मृत्यु भएको कोशी कोभिड उपचार केन्द्रले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial