पूर्वराजा भारतीय सरकार र नागरिकप्रति आभारी



पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा सम्पन्न महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्किनुभएको छ ।

उहाँ हिजो नेपाल फर्किनुभएको हो । हरेक १२ वर्षमा हुने महाकुम्भ मेलामा निरञ्ज अखाडाका पिठाधिश्वर आचार्य महामण्डलवेश्वर कैलाशानन्द गिरीको निमन्त्रणमा भारत जानुभएको थियो ।

पूर्वराजा शाहले आज एक विज्ञप्ती जारी गर्दै भारत भ्रमणको क्रममा सहयोग गर्ने भारतीय सरकार र नागरिकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

महाकुम्भमा शाही स्नान अवधिमा हिन्दु धर्मालम्बीहरुले गरेको अभिन्नदनप्रतिपनि उहाँले आभार व्यक्त गर्नुभएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial