झलनाथलाई राष्ट्रपतिको प्रस्ताव-तपाई पार्टीको सबैभन्दा वरिष्ठ नेता हो, एकताको लागि पहल गर्नुहोस्



काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको विवादमा चासो देखाएकी छन्। एमालेभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले वरिष्ठ नेता झलनाथ खनाललाई शनिबार उनकै निवासमा पुगेर भेट गरेकी छन्। शनिबार खनाल निवास डल्लु पुगेर राष्ट्रपति भण्डारीले खनालसँग झण्डै डेढ घण्टा छलफल गरेकी थिइन्।

खनाललाई भेट्नुभन्दा राष्ट्रपति भण्डारीले डल्लुमै इतिहासविद डा. महेशराज पन्तलाई भेटेकी थिइन्।

राष्ट्रपति भण्डारी खनालको स्वास्थ्य अवस्था बुझ्ने भनेर उनको निवास पुगेकी हुन्। खनालको स्वास्थ्य भेट्नै जान पर्नेगरी नबिग्रिएकाले राजनीतिक सन्देशको लागि राष्ट्रपति भण्डारी खनाल निवास पुगेको श्रोतको दावी छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial