नेपाल सुपर लिग फुटबल आदेखि हुँदै, काठमाडौं र ललितपुर भिड्ने



काठमाडौं ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएल आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

सात फ्रेन्चाइज टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेलमा साँझ साढे ५ बजे काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब भिड्ने छन् । भोलिदेखि भने हरेक दिन दुई खेल हुनेछन् ।

कोरोना भाइरसको महामारीका कारण खेलहरु बिना दर्शक हुनेछन् । यसैबीच आयोजक आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले पुरस्कार राशी सार्वजनिक गरेको छ । सोअनुसार विजेताले ३५ लाख रुपैयाँ पाउने छ ।

उपविजेताले १५ लाख रुपैयाँ जित्दा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले १ लाख रुपैयाँ पाउने छन् ।

त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार तथा म्यान अफ द म्याचले २५ हजार रुपैयाँ पाउने छन् । राउन्ड रोबिनको आधारमा जेठ १ गतेसम्म हुने लिगमा काठमाडौं र ललितपुरसहित विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial