नागरिकतामा थर नै नराखे छुवाछुत अन्त्य हुन्छ



संविधानले जातिय छुवाछुत गर्न नपाइने र छुवाछुत गरेमा दण्ड जरिवानासमेत लाग्ने स्पष्ट उल्लेख गरेपनि कार्यान्वयन पक्ष फितलो भएको दलित अगुवाहरुले गुनासो गरेका छन् ।

जातीय छुवाछुतका घटनामा सुदूरपश्चिम प्रदेश निकै अगाडि रहेको छ ।

छुवाछुतकै कारण विभिन्न समयमा हिसांत्मक घटना समेत घट्ने गरेका छन् । धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले दलितप्रति हेर्ने नजर नफेरिएको गुनासो गरे ।

दलित समुदायबाट संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि पनि कानूनको कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता ब्यक्त गर्दै आएका छन् ।

संसदले कानून बनाउने र सरकारी निकायबाट ती कानूनको कार्यान्वयन नहुनुकै कारण दलित माथिको छुवाछुत अन्त्य नभएको उनीहरुको तर्क छ ।

सरकारले दलितका पक्षमा काम गरे पनि समाजमा बस्ने सबै व्यक्तिहरुको सोच परिवर्तन नहुँदा यो समस्याको समाधान हुन नसकेको सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले बताउनुभयो ।

अब थर नै हटाएर नाम मात्रै राखेर नागरिकता बनाए मात्रै छुवाछुत अन्त्य हुने अवस्था आएको बताउनुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial