मन्त्रिपरिषद् बैठकका दुई निर्णय : विज्ञापन बोर्डमा हुमागाईं नियुक्त



काठमाडौँ ।
सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त भएका हुन ।

बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा ९पंगेनी०, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो ।

त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा। किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा। सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial