मंंगलग्रहमा भूकम्पको झट्का



एजेन्सी -
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को इनसाइट ल्याण्डरले गत महिना मंगल ग्रहको सतहमा दुई ठूला भूकम्प रेकर्ड गरेको छ । मिशन कन्ट्रोलका अनुसार भूकम्पको तीब्रता ३.३ तथा ३.१ रेक्टर स्केल मापन गरिएको थियो । यो भूकम्प मंगल ग्रहको सर्बरस फोस्सै (Cerberus Fossae)​ नामक क्षेत्रमा आएको थियो । यो त्यही स्थान हो जहाँ मिशनको प्रारम्भमा नै दुई ठूला भूकम्प महसुस गरिएको थिए ।

उक्त समयमा भूकम्पको तीब्रता ३.६ तथा ३.५ रेकर्ड गरिएको थियो । ल्याण्डर सन् २०१८ को नोभेम्बरमा मंगलको सतहमा ओर्लिए पछि हालसम्म पाँचसय भन्दा बढी भूकम्पको धक्का रेकर्ड गरेको छ ।

इनसाइट ल्याण्डरको काम मंगल ग्रहको सतह तथा गर्भमा आउने भूकम्पको बारेमा जानकारी दिनु हो । सतहमा उत्रिसकेपछि यसले मंग्रल ग्रहमा गएका भूकम्पको बारेमा जानकारी एकत्रित गरेर नासालाई पठाउने काम गरेको छ ।

नासाको जेट प्रोपल्सन ल्याबले भूकम्पको यस नया जानकारीबाट मंगल ग्रहको सर्बरस फोस्सै (Cerberus Fossae) क्षेत्र भूकम्पीय दृष्टिकोणले सक्रिय रहेको जनाएको छ ।

हालसम्म ल्याबले रेकर्ड गरेको पाँचसय भन्दा बढी भूकम्पको धक्का स्पष्ट रेकर्ड भए पनि स्पष्ट सिग्नलका कारण पनि यी चार भूकम्प जाँचका लागि उपयुक्त देखिएका छन् । मंगलसँग जोडिएको धेरैभन्दा धेरै जानकारीका लागि इनसाइट टीमले यी भूकम्पको अध्ययन गरिरहेको छ ।

नासाका अनुसार मंगल ग्रहमा पृथ्वीमा जस्तो टेक्टोनिक प्लेट हुँदैन तर मंगल ग्रह को यो ठाउँ ज्वालामूखीले सक्रिय क्षेत्र हो जसका कारण यहाँको सतहमा कम्पन आउने गर्छन । फ्रान्सको एक संस्था (de Physique du Globe de Paris)​ मा काम गर्ने ताइची क्वामपुरा जसले इनसाइटको सिस्मोमिटरका लागि मद्दत गरेका थिए, उनका अनुसार यस मिशनले मंगलमा आएका दुई​ भिन्न प्रकारको भूकम्पको जानकारी एकत्रित गरेको छ ।

ताइचीका अनुसार एउटा भूकम्प चन्द्रमामा आउने जस्तो थियो भने अर्को पृथ्वीमा जस्तो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial