नेपाल इन्सुरेन्सको वार्षिक साधारण सभा शुक्रबार चैत २७ गते हुने



काठमाडौं, चैत २४
– नेपाल इन्सुरेन्सको शुक्रबार चैत २७ गते वार्षिक साधारण सभा हुने भएको छ । सभा एयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा गर्न चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुने भएकाले चैत १६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्ने भएको छ । सभामार्फत संस्थापक समूहबाट विशाल मिनरल्स एन्ड माइन्सका प्रतिनिधि विष्णु खेतान अग्रवालको सञ्चालक समितिमा नियुक्तिलाई अनुमोदन गर्नेछ ।

नेपाल इन्सुरेन्सले हाल कायम १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँ चुक्ता पुँजीका आधारमा लाभांश प्रस्ताव गरेको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial