आदित्य नारायण र उनकी श्रीमती कोरोना संक्रमित



एजेन्सी
। गायक तथा ‘इन्डियन आइडल १२’ का प्रस्तोता आदित्य नारायण अस्पताल भर्ना भएका छन्। जुम टिभी इन्टरटेनमेन्टका अनुसार आदित्यलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको हो।

आदित्यका बुवा गायक उदितनारायणले आदित्यसँगै उनकी श्रीमती श्वेता अग्रवाललाई पनि कोरोना देखिएको बताएका हुन्।

गायक आदित्यले सामाजिक सञ्जालमा श्वेता र आफ्नो तस्बिर राखी यो खबर सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘सबैलाई हेलो! दुर्भाग्यवश, मेरी श्रीमती श्वेता र मेरो कोभिड-१९ पोजेटिभ देखाएको छ र हामी क्वारेन्टाइनमा छौं। कृपया सुरक्षित रहनुहोला।

 सावधानी अपनाउनुहोला र हाम्रा लागि प्रार्थना गर्नुहोला। यो समय बितेर जानेछ।’ योसँगै कोरोना संक्रमित भारतीय कलाकारको सूची लम्बिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial