सिरहामा गोली हानी व्यवसायीको हत्या, दुई जना पक्राउ



जनकपुरधाम
- सिरहामा गोली हानेर व्यवसायीको हत्या भएको छ ।

लहान नगरपालिका– २३ मा सुनचाँदी व्यवसाय गर्दै आएका अन्दाजी ४५ वर्षीय प्रदीप कुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा मृत्यु भएको हो । उनी लहान नगरपालिका– २३ गड्डाचोक डेरा गरी बस्दै आएका थिए ।

राति साढे १२ बजेतिर घरमा सुतीरहेको बेला लुटेरा समूहले बिक दम्पतीमाथि आक्रमण गरेको थियो । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको जनाइएको छ ।

३५ वर्षीया अनिता विश्वकर्माको हातमा धारिलो हतियार प्रहार भएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । घाइते अनिताको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको भण्डारीले बताए ।

घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का रामकृष्ण चौधरी र सुरेशकुमार सहनी छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial