मदिरा सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा भक्तपुरमा एकको मृत्यु



तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक घाइते छन्।

बुधबार मध्यराति नयाँ वर्षको दिन भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा५३प ६९३८ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकनजिक दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार धुलिखेल नगरपालिका-१० का ३२ वर्षीय महेश शाहको मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँ बस्ने चालक २२ वर्षीय महेन्द्र शाह घाइते छन्। उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial