अब स्मार्ट लाइसेन्स भन्दाअघि ‘परीक्षणकालीन लाइसेन्स’ दिइने



लाइसेन्स ट्रायल पास भएपछि सवारी चालकसँग पास भनेर लेखिएको रसिद हुन्छ। लाइसेन्स नआउन्जेल चालकका लागि यही रसिद सवारी अनुमति पत्र हो। तर स्मार्ट लाइसेन्स सुरू भएदेखि नै समयमा नपाउने समस्या यथावत छ। ट्रायल पास भएपछि अब सुरूको एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका महानिर्देशक नमराज घिमिरेले बताए।उनका अनुसार लाइसेन्स पास भएपछि चालकलाई एउटा पिभिसी कार्ड वितरण गरिनेछ जसमा परीक्षणकालीन लाइसेन्स भनेर लेखिएको हुनेछ।

हुन त ट्रायल पास भएपछि पाउने रसिदको पनि एक वर्ष मान्यता हुन्छ। तर बोक्न असहज र व्यवस्थित तरिकाले राख्न समस्या हुने भएपछि चालकको सहजताका लागि यो प्रावधान लागू गर्न लागिएको उनले बताए। यातायात ऐनअनुसार कुनै पनि व्यक्तिले ट्रायल पास गर्ने बित्तिकै उक्त व्यक्तिलाई तुरुन्तै स्मार्ट लाइसेन्स दिन मिल्दैन। एक वर्षका लागि सवारी चालकलाई परीक्षणकालीन लाइसेन्स दिनुपर्ने हो महानिर्देशक घिमिरेले भने अहिलेसम्म यस्तो प्रणाली लागू भएको छैन। जेठदेखि कार्यान्वयन हुनेछ।

उनका अनुसार परीक्षणकालीन लाइसेन्सको अवधिभर यदि चालक पाँच पटकभन्दा बढी कारबाहीमा पर्छ भने उसले स्मार्ट लाइसेन्स पाउँदैन।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial