बालुवाटारबाटै किन सुरु भयो स्वास्थ्य मापदण्ड उल्लङ्घन ?


प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यकै उपस्थितिमा मङ्गलबार बिहानै बालुवाटारमा तामझामका साथ २५ जना भन्दा बढी मानिसको उपस्थितिमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरियो ।

माथिको तस्बिर आम जनताले हेर्दै थाहा पाउछन, माथिको तस्बिरमा २५ जना भन्दा मान्छेको उपस्थिति प्रस्टै देखिन्छ । तर हिजो मात्र सरकारले सार्वजनिक गरेको आदेशमा वैशाख मसान्तसम्म प्रार्थनाबाहेकका धार्मिक समारोहहरू नगरिने भनिएको छ । तर, प्रधानमन्त्रीले उद्घाटन गरेको यो रथ यात्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोजको व्यवस्था गरिने समाचार बाहिरिएको छ ।

सरकारी आदेशको उल्लङ्घन गर्दै मङ्गलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीले पूजा गरेको ठाउँमा २५ भन्दा बढी मानिस सहभागी थिए तर हिजोमात्र सरकारले जारी गरेको आदेश आफै किन पालना गरेन भन्ने प्रस्न उठेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले जारी गरेको आदेशको चौथो नम्बर बुँदामा भनिएको छ, ‘मठ मन्दिर मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने/गराउने ।’

त्यसैगरी आदेशको ६ नम्बर बुँदामा भनिएको छ, ‘मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने ।

नेपाली समाजमा एउटा उखान छ, ‘जो अगुवा उही बाटो ।’ मङ्गलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा यही उखान चरितार्थ भयो भन्ने आम मानिसको बुझाई छ । आफ्नै नेतृत्वमा जारी गरिएको आदेश प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिपल्टै ठाडो उल्लङ्घन किन भयो भ्रन्ने प्रस्न खडा भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial