ठमेलमा चिनियाँ दम्पतीलाई बन्धक बनाएर २० लाख लुटपाट



काठमाडौं -
काठमाडौंको ठमेलमा चिनियाँ दम्पतीलाई बन्धक बनाएर चार जना युवाले लुटपाट गरेका छन् । चैत १६ मा राति युन छियोमेन दम्पतीलाई डेरामा बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएका चार जना युवा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मुकुण्डो लगाएका लुटेराले हात गोडा र मुख टेपले बाँधेर २० लाख लुटेको चिनियाँ दम्पतीले दाबी गरेका छन् । लुटमा संलग्न ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial