पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित



काठमाडौं, चैत २६ –
नेपाल पत्रकार मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकालीले निर्वाचित भएका छन्। नेपाल पत्रकार महासंघ मुस्ताङको बुधबार सम्पन्न निर्वाचनमा थकाली महासंघको आगामी नयाँ कार्यकालका लागि प्रेष युनियनसहितको संयुक्त प्यानलबाट निर्वाचित भएका हुन्।

नेपाल पत्रकार महासंघ मुस्ताङको दलित तथा महिला सदस्यबाहेक पुरै संयुक्त प्यानलले जितेको हो। पत्रकार महासंघ मुस्ताङमा संयुक्त प्यानलबाट उपाध्यक्ष ( खुल्ला ) दुर्गादेवी रसाईली, उपाध्यक्ष (महिला) तृष्णा गौचन, सचिव सुशीलबाबु थकाली, सहसचिव (समावेशी) आदित्य रसाईली, सहसचिव सरस्वती ल्वागुन, कोषाध्यक्ष फुलकुमारी नेपाली र केन्द्रीय परिषद् सदस्यमा चन्द्रेश्वर बस्ताकोटी निर्वाचित भएका छन्।

पत्रकार महासंघ मुस्ताङ शाखाको निर्वाचनमा १३ पदमा २२ जनाले उम्मेदवारी दिएका दिए। जसअन्तरगत प्रेस युनियन आवद्ध प्यानलबाट गण्डकी प्रदेश परिषद सदस्यमा लक्ष्मी पौडेल, जिल्ला कार्यसमिति सदस्यमा सौरभ चालिसे, वशन्त पौडेल, उत्तम केशी र प्रताप आचार्य निर्विरोध निर्वाचित भएका छन् । ओली पक्षीय प्रेस चौतारीका तर्फबाट महिला सदस्यमा चन्द्रा नेपाली र दलित सदस्यमा राजु सेन्चुरी निर्विरोध निर्वाचित भएका हुन्।

नेपाल पत्रकार महासंघ केन्द्रको निर्वाचन कार्यविधि अनुसार मुस्ताङ शाखाले पत्रकार भीमबहादुर रसाईली संयोजकत्वमा ३ सदस्यस्य निर्वाचन समिति गठन गरेको थियो। निर्वाचन समितिमा जिल्ला अदालत जोमसोमका नासु रामचन्द्र सुवेदी र जिल्ला सरकारी वकिलको कार्यालयबाट नासु पार्वती तामाङ खटिएका थिए। सो निर्वाचन समितिले बुधबार नै संघ-प्रदेश र केन्द्रको मतपरिणाम सार्वजनिक गरी सम्बन्धी निकायमा पठाएको निर्वाचन संयोजक भीमबहादुर रसाईलीले जानकारी दिए।

उनका अनुसार मुस्ताङ शाखामा निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिले पद तथा गोपनीयताको सपथ ग्रहणसहित निर्वाचित भएको आधिकारिक प्रमाण पत्र प्रदान गरेको थियो। मुस्ताङ शाखामा निर्वाचित कार्यसमितिले निर्वाचन समितिलाई निर्वाचन सम्पन्न गर्न दिएको कार्यभार पूरा गरेकोमा धन्यवादसहित प्रशंसापत्र प्रदान गरेको थियो। हिमाली जिल्ला मुस्ताङको पत्रकार महासंघमा २८ जना मतदातामध्ये २६ जना सदस्यले मतदान गरेका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial